Posts

अब घरमै बसेर ‘ई-पेन्सन’ प्रमाणीकरण

Image
काठमाडौँ ।  नेपाल सरकारका साढे ३ लाखभन्दा बढी पेन्सनरहरूले अब पेन्सन नवीकरण गर्न सरकारी कार्यालय वा बैंकको लाइनमा बस्नुपर्ने सास्ती अन्त्य भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अत्याधुनिक ‘ई-पेन्सन भेरिफिकेसन’ प्रणालीको औपचारिक उद्घाटन गरेका हुन्। यो प्रविधि कार्यान्वयनमा आएसँगै ३ लाख ५२ हजार ८१६ जना पेन्सनरहरूले अब आफ्नो मोबाइल वा कम्प्युटरबाटै वार्षिक ‘लाइफ सर्टिफिकेट’ (जिवित रहेको प्रमाण) अद्यावधिक गर्न सक्नेछन्। IPMS-V2 ढाँचामा आधारित यो प्रणालीमा ‘लाइभनेस भेरिफिकेसन’ सफ्टवेयर जडान गरिएको छ। यसलाई नेपालको प्रविधि क्षेत्रमा क्रियाशील ‘प्रिक्सा’ अन्तर्गतको ‘थर्ड फ्याक्टर एआई’ ले विकास गरेको हो। यस प्रणालीमा पेन्सनरले आफ्नो मोबाइलबाट अनुहारको हाउभाउ स्क्यान गरेपछि आर्टिफिसियल इन्टेलिजेन्सले उनीहरू जीवित र सक्रिय रहेको पहिचान गर्दछ। उक्त विवरणलाई राष्ट्रिय परिचयपत्रको डाटाबेससँग सिधै मिलानगरिने हुनाले यो प्रक्रिया अत्यन्त सुरक्षित र विश्वसनीय रहेको अर्थ मन्त्रालयले जनाएको छ। यो प्रविधिको प्रयोगबाट पेन्सनरलाई मात्र नभई सरकारलाई समेत ठूल...

पश्चिम नेपालमा बिहानैदेखि वर्षा, पानी पार्ने प्रणाली पूर्वतिर सर्दै

Image
  पश्चिमी भू-भागमा पानी पर्न शुरु भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  डडेलधुरा, डोटी, अछाम, कालिकोट, सुर्खेत, दैलेख, जाजरकोट, रुकुम, सल्यान, बाँके, बर्दिया, दाङ, रोल्पा, प्युठान लगायत ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसोपछि यो प्रणाली काठमाण्डौ उपत्यका आइपुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिना र हिमपातको सम्भावना रहेको छ ।  पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायु प्रवाहको प्रभावले मौसमी गतिविधि सक्रिय बन्दै गएको छ । यसको असर पश्चिम नेपालमा बढी देखिन्छ ।  यस्तै कोशी र बागमती प्रदेशका पहाडी/हिमाली भूभाग तथा मधेस प्रदेशका केही ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी/हिमाली भूभागका एक/दुई ठाउँमा ठूलो वर्षा र हिमपात हुने सम्भावना छ ।  यसैगरी मधेश, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा हावाहुरी पनि पर्ने सम्भावना छ । भोलि पनि कोशी प्रदेशका केही पहाडी/हिमाली क्षेत्र र...

झापा–५ मा बालेन शाह विजयी, केपी ओली झन्डै ५० हजार मतान्तरले पराजित

Image
  काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावमा झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ उपाध्यक्ष बालेन्द्र (बालेन) शाह विजयी हुनुभएकाे छ । केहीबेरअघि सकिएकाे मतगणनामा बालेन ४९ हजार ६१४ मतान्तरले विजयी हुनुभएकाे हाे । बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ७३४ मत प्राप्त गर्नुभएकाे छ । एमाले अध्यक्ष ओली झापामा दोस्रो पटक पराजित हुनुभएकाे हाे । यसअघि २०६४ सालको पहिलो सविधानसभा चुनावमा ओली तत्कालीन नेकपा माओवादीका विश्वदीप लिङ्देनसँग पराजित हुनुभएकाे थियाे । बालेन शाह प्रतिनिधिसभा चुनाव इतिहासमा सबैभन्दा मत ल्याएर विजयी हुनुभएकाे हाे । यसअघि यही चुनावमा चितवन क्षेत्र नम्बर ३ बाट रास्वपाकै साेविता गाैतम ५९ हजार २७७ मत ल्याएर विजयी हुनुभएकाे थियाे ।

रुपन्देहीभर शान्तीपुर्बक निर्बाचन सम्पन्न ।

Image
  रुपन्देहीमा शान्तीपुर्बक निर्वाचन सम्पन्न भएको छ ।  रुपन्देही, क्षेत्र नं १ मा खसेको मतः ९७३७७ (६६.३२%) रुपन्देही, क्षेत्र नं २ मा खसेको मतः ८६५३० (६४.०७%) रुपन्देही, क्षेत्र नं ३ मा खसेको मतः ९५०१़३ (६७.८२%) रुपन्देही, क्षेत्र नं ४ मा खसेको मतः ७७३९३ (६६.६१%) रुपन्देही, क्षेत्र नं ५मा खसेको मतः ८१०३५ (६०.२७%) गरि कुल जम्मा ४३७३४८ (६५.०३% ) मत खसेको अनुमान गरिएको छ ।

माता लक्ष्मीको दर्शन गर्दै , हेर्नुहोस आजको राशिफल ।

२०८२ फागुन १५ गते (२७ फेब्रुअरी २०२६) शुक्रवार, फाल्गुण शुक्लपक्ष एकादशी तिथि। आर्द्रा नक्षत्र, १०ः५७ बजेपछि पुनर्वशु। चन्द्रराशि मिथुन। - उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य मेष - Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ।  प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। वृष - Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ मिथुन - Gemini का, कि, कु, घ, ङ, छ, के, को, ह रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प...

अमेरिकाको पूर्वी क्षेत्रमा शक्तिशाली हिमआँधी : ५ हजारभन्दा धेरै उडान रद्द ।

Image
    फागुन १२, २०८२ मंगलबार ८:४८:५२ |  एजेन्सी Facebook Twitter Viber Email PrintFriendly Share अमेरिकाको पूर्वी क्षेत्रमा शक्तिशाली हिमआँधीका कारण ५ हजारभन्दा धेरै उडान रद्द भएका छन् । हिमपातले लाखौँ मानिस प्रभावित भएका छन् । शक्तिशाली हिमआँधीका कारण यातायात, विद्युत् र हवाई सेवामा अवरोध आएको बीबीसीले जनाएको छ । रोड आइल्यान्ड र म्यासाचुसेट्सका केही भागमा झन्डै ३३ इन्चसम्म हिमपात भएको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको छ । साथै न्यूयोर्कको सेन्ट्रल पार्कमा १९ इन्चभन्दा धेरै हिउँ जमेको छ । यसबाट यात्रामा जोखिम रहेको भन्दै राज्यले चेतावनी दिएको छ । पूर्वी तटका विभिन्न राज्यमा गरी ६ लाखभन्दा धेरै घरधुरी तथा व्यवसाय विद्युत् आपूर्तिबाट वञ्चित भएका छन् । विशेषगरी न्यूजर्सी र म्यासाचुसेट्स सबैभन्दा धेरै प्रभावित भएका छन् ।

शिक्षक : - ‘प्रचारप्रचारमा सहभागी भए कारबाही हुन्छ’-निर्वाचन आयोग

Image
  काठमाण्डाै – निर्वाचन आयोगले चुनावी प्रचारप्रसारलगायतका गतिविधिमा संलग्न हुने शिक्षण संस्थामा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई कडा कारबाही हुने चेतावनी दिएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कुनै राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा उनीहरू सहभागी भएको उजुरी आएको उल्लेख गर्दै ती शिक्षक, प्राध्यापक र कर्मचारीलाई कानून बमोजिम कडा कारबाही हुने चेतावनी दिनुभएको हो । आयोगले निर्वाचन आचारसंहिता र कानूनी व्यवस्थामा उनीहरूको पदसम्म नरहने गरी कारबाही हुनेसम्मको व्यवस्था रहेकाले त्यस्ता खालका गतिविधिमा सहभागी नहुन शिक्षक, प्राध्यापकलाई सचेत गराएको छ । आयोगले निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने/गराउने काममा केन्द्रित हुन सम्बन्धित सबै पक्षलाई सचेत गराएको छ । प्रवक्ता भट्टराईले निर्वाचन आचारसंहिताको पूर्ण पालनाको विषयमा जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत, निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा निर्वाचन कार्यालयबाट अनुगमन गर्नका लागि पुनः सचेत गराएको बताउनुभयो ।