झापा–५ मा बालेन शाह विजयी, केपी ओली झन्डै ५० हजार मतान्तरले पराजित

 



काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावमा झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ उपाध्यक्ष बालेन्द्र (बालेन) शाह विजयी हुनुभएकाे छ ।

केहीबेरअघि सकिएकाे मतगणनामा बालेन ४९ हजार ६१४ मतान्तरले विजयी हुनुभएकाे हाे । बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ७३४ मत प्राप्त गर्नुभएकाे छ ।

एमाले अध्यक्ष ओली झापामा दोस्रो पटक पराजित हुनुभएकाे हाे । यसअघि २०६४ सालको पहिलो सविधानसभा चुनावमा ओली तत्कालीन नेकपा माओवादीका विश्वदीप लिङ्देनसँग पराजित हुनुभएकाे थियाे ।

बालेन शाह प्रतिनिधिसभा चुनाव इतिहासमा सबैभन्दा मत ल्याएर विजयी हुनुभएकाे हाे । यसअघि यही चुनावमा चितवन क्षेत्र नम्बर ३ बाट रास्वपाकै साेविता गाैतम ५९ हजार २७७ मत ल्याएर विजयी हुनुभएकाे थियाे ।

Comments

Popular posts from this blog

महा -लक्ष्मी माताको दर्शन गर्दै हेर्नुहोस् -आजको राशिफल ।

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते .

चुनावी सरगर्मी बढ्यो, सिनेमा हलमा चहलपहल घट्यो....