Posts

Showing posts from February, 2026

माता लक्ष्मीको दर्शन गर्दै , हेर्नुहोस आजको राशिफल ।

२०८२ फागुन १५ गते (२७ फेब्रुअरी २०२६) शुक्रवार, फाल्गुण शुक्लपक्ष एकादशी तिथि। आर्द्रा नक्षत्र, १०ः५७ बजेपछि पुनर्वशु। चन्द्रराशि मिथुन। - उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य मेष - Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ।  प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। वृष - Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ मिथुन - Gemini का, कि, कु, घ, ङ, छ, के, को, ह रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प...

अमेरिकाको पूर्वी क्षेत्रमा शक्तिशाली हिमआँधी : ५ हजारभन्दा धेरै उडान रद्द ।

Image
    फागुन १२, २०८२ मंगलबार ८:४८:५२ |  एजेन्सी Facebook Twitter Viber Email PrintFriendly Share अमेरिकाको पूर्वी क्षेत्रमा शक्तिशाली हिमआँधीका कारण ५ हजारभन्दा धेरै उडान रद्द भएका छन् । हिमपातले लाखौँ मानिस प्रभावित भएका छन् । शक्तिशाली हिमआँधीका कारण यातायात, विद्युत् र हवाई सेवामा अवरोध आएको बीबीसीले जनाएको छ । रोड आइल्यान्ड र म्यासाचुसेट्सका केही भागमा झन्डै ३३ इन्चसम्म हिमपात भएको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको छ । साथै न्यूयोर्कको सेन्ट्रल पार्कमा १९ इन्चभन्दा धेरै हिउँ जमेको छ । यसबाट यात्रामा जोखिम रहेको भन्दै राज्यले चेतावनी दिएको छ । पूर्वी तटका विभिन्न राज्यमा गरी ६ लाखभन्दा धेरै घरधुरी तथा व्यवसाय विद्युत् आपूर्तिबाट वञ्चित भएका छन् । विशेषगरी न्यूजर्सी र म्यासाचुसेट्स सबैभन्दा धेरै प्रभावित भएका छन् ।

शिक्षक : - ‘प्रचारप्रचारमा सहभागी भए कारबाही हुन्छ’-निर्वाचन आयोग

Image
  काठमाण्डाै – निर्वाचन आयोगले चुनावी प्रचारप्रसारलगायतका गतिविधिमा संलग्न हुने शिक्षण संस्थामा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई कडा कारबाही हुने चेतावनी दिएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कुनै राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा उनीहरू सहभागी भएको उजुरी आएको उल्लेख गर्दै ती शिक्षक, प्राध्यापक र कर्मचारीलाई कानून बमोजिम कडा कारबाही हुने चेतावनी दिनुभएको हो । आयोगले निर्वाचन आचारसंहिता र कानूनी व्यवस्थामा उनीहरूको पदसम्म नरहने गरी कारबाही हुनेसम्मको व्यवस्था रहेकाले त्यस्ता खालका गतिविधिमा सहभागी नहुन शिक्षक, प्राध्यापकलाई सचेत गराएको छ । आयोगले निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने/गराउने काममा केन्द्रित हुन सम्बन्धित सबै पक्षलाई सचेत गराएको छ । प्रवक्ता भट्टराईले निर्वाचन आचारसंहिताको पूर्ण पालनाको विषयमा जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत, निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा निर्वाचन कार्यालयबाट अनुगमन गर्नका लागि पुनः सचेत गराएको बताउनुभयो ।

धादिङ बस दुर्घटना : ज्यान गुमाएका सबैको परिचय खुल्यो...........

Image
  काठमाण्डाै – धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको परिचय खुलेको छ । बेनिघाट रोराङ गाउँपालिकाको चरौँदी नजिक भैँसेडाँडामा सोमवार राति भएको बस दुर्घटनामा ज्यान गुमाएका तीन विदेशीसहित सबै १९ जनाको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अस्ति आइतवार बेलुका पोखराबाट काठमाण्डौका लागि छुटेको ग २ ख १२३१ नम्बरको बस सडकबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा बेलायती, भारतीय र चिनियाँ एक/एक सहित १९ जनाको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेका अनुसार १४ जनाको काठमाण्डौको ट्रमा सेन्टरमा, १० जनाको नेशनल अस्पताल कलङ्कीमा र एक जनाको धादिङ अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन भएको छ ।

जनप्रतिनिधिलाई चुनाव प्रचार प्रसारमा सहभागी नहुन आयोगको आग्रह...

Image
काठमाण्डौ – निर्वाचन आयोगले पालिकाका जनप्रतिनिधिलाई चुनाव प्रचार प्रसारमा सहभागी नहुन आग्रह गरेको छ । चुनावमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले यस्तो आग्रह गरेको हो । केही जनप्रतिनिधि निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको उजुरी तथा गुनासो प्राप्त भएकोमा गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ । निर्वाचन आचारसंहितामा रहेको व्यवस्थाअनुसार, कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको पालिका बाहेक अन्य पालिकामा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारमा संलग्न हुनसक्ने भए पनि सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था छ । आचारसंहिता प्रतिकूल हुने गरी पदाधिकारीले आफू बहाल रहेको पालिकामा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको चुनाव प्रचारप्रसारमा सहभागी नहुन आयोगले सचेत गराएको छ । 

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, नेपालमा पनि मनाईंदै.........

Image
iber काठमाण्डौ – आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस । हरेक वर्ष फेब्रुअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउने गरिन्छ । यो दिवसको माध्यमबाट विश्वका विभिन्न भाषा तथा संस्कृतिको विविधतालाई स्वीकार गरी बहुभाषा र बहुसंस्कृतिलाई संरक्षणको प्रयास गरिएको छ । दिवसको अवसरमा नेपालमा पनि भाषिक जागरुकता, साँस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम गरी मनाईंदैछ । बहुभाषिक देश नेपालमा २०७८ को जनगणना अनुसार एक सय २४ भन्दा धेरै मातृभाषाहरू बोलिन्छन् । राष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) ले अनुमोदन गरेसँगै यो दिवस विश्वका विभिन्न देशमा मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघको महासभाले भने सन् २००२ मा यो दिवसको घोषणा गरेको थियो । 

दाङमा एमालेको झण्डा जलाइएपछि काठमाडौंमा बालेन शाहको पुत्ला दहन...

Image
  काठमाडौँ । दाङमा निर्वाचन प्रचार–प्रसारका क्रममा नेकपा (एमाले) को झण्डा जलाइएको विरोधमा काठमाडौंको आर.आर. क्याम्पस अगाडि विरोध प्रदर्शन भएको छ। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं झापा निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार बालेन शाहको पुत्ला जलाउँदै घटनाको विरोध गरेको हो। बिहीबार दाङमा चुनावी अभियानका क्रममा रास्वपाका कार्यकर्ताहरूले एमालेको झण्डा जलाएको र उच्छृङ्खल गतिविधि गरेको भन्दै एमालेले गम्भीर आपत्ति जनाएको छ। अराजनैतिक र अराजक गतिविधिमार्फत निर्वाचनलाई बिथोल्न खोजिएको भन्दै अखिलले प्रदर्शनीमार्गमा नाराबाजीसहित पुत्ला दहन गरेको हो। दोषीलाई तत्काल पक्राउ गरी कारबाही नगरे कडा आन्दोलनमा उत्रिने अखिलले चेतावनी दिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलका कार्यकर्ताहरूबिच देशका विभिन्न स्थानमा विवाद र झडपका घटनाहरू बढ्न थालेका छन्।

आज -२०८२ साल फाल्गुण ०८ गते शुक्रवार .माता लक्ष्मीको दर्शन गर्दै हेर्नुहोस आजको राशिफल...

Image
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वहीन काममा समय बित्न सक्छ समयको मूल्यलाई बुझौं। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। धार्मिक वा आध्यात्मिक पुस्तकको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ। मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक वा व्यावसायिक समस्याको समाधान हुनेछ। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग पाइनेछ। समस्या दर्शाउँदा शुभचिन्तकहरुले साथ दिनेछन्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ। सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दिनको उत्तरार्धमा स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। कार्यक्षेत्रमा निर्णय लिने क्षमतामा कमी आउनेछ। अरुको लागि बुद्धि वा श्रम खर्च गर्नुपर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ। तुला तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। प्रतिक्षित नतिजाको परिणाम हजुरको अनुकूल रहनेछ। शत्रुहरू सक्रिय रहनेछन् सचेत रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ। धनु धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लामो समयद...

आज र भोली सार्वजनिक बिदा ।

Image
  फागुन ६,  काठमाण्डौ – सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले आफ्नो सेवालाई निरन्तरता दिने भएको छ । विभागले सार्वजनिक सूचना निकालेर आज र भोलि सार्वजनिक बिदा भए पनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जनाएको हो । आज ग्याल्पो ल्होसार र भोलि प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । दुई दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहने सूचनामा उल्लेख छ । विभागले आज राहदानी वितरण सेवा प्रदान गर्ने जनाएको छ । यस्तै भोलि राहदानीका लागि आवेदन फारम सङ्कलन हुनेछ । अत्यावश्यक सेवा भएकाले सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला रहने विभागले जनाएको छ ।   

महा -लक्ष्मी माताको दर्शन गर्दै हेर्नुहोस् -आजको राशिफल ।

Image
  २०८२ फागुन ६ गते (१८ फेब्रुअरी २०२६) बुधवार, फाल्गुण शुक्लपक्ष प्रतिपदा तिथि, १७ः३० बजेपछि द्वितीया। शतभिषा नक्षत्र। चन्द्रराशि कुम्भ। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष - Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ   आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। नयाँ अवसरबाट लाभ उठाउन सकिनेछ। वृष - Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व गर्दै विशेष जिम्मेवारी हातपार्न सकिनेछ। मिथुन - Gemini का, कि, कु, घ, ङ, छ, के, को, ह अस्वस्थताले काममा खट्न समस्या पर्नेछ। कमज...

अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

Image
  Email PrintFriendly Share   फागुन ५,  काठमाण्डौ – अर्घाखाँचीको मालारानी गाउँपालिकामा पासोमा परी घाइते भएको चितुवा मरेको छ । मालारानी–३ टुनीपोखरीमा स्थानीयबासिन्दाले वन्यजन्तुलाई थापेको पासोमा परेर चितुवा घाइते भएको थियो । घाइते चितुवालाई उद्धार गरी उपचारका लागि अर्घाखाँची जिल्ला वन कार्यालयमा लगिएको थियो । उपचारका क्रममा हिजो चितुवा मरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले जानकारी दिनुभयो । चितुवाको उद्धार गर्ने क्रममा वन कार्यालयका कर्मचारी नमलाल श्रेष्ठ घाइते हुनुभएको छ । उहाँको उपचार भइरहेको छ ।