आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, नेपालमा पनि मनाईंदै.........



काठमाण्डौ – आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस । हरेक वर्ष फेब्रुअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउने गरिन्छ ।

यो दिवसको माध्यमबाट विश्वका विभिन्न भाषा तथा संस्कृतिको विविधतालाई स्वीकार गरी बहुभाषा र बहुसंस्कृतिलाई संरक्षणको प्रयास गरिएको छ । दिवसको अवसरमा नेपालमा पनि भाषिक जागरुकता, साँस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

बहुभाषिक देश नेपालमा २०७८ को जनगणना अनुसार एक सय २४ भन्दा धेरै मातृभाषाहरू बोलिन्छन् । राष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) ले अनुमोदन गरेसँगै यो दिवस विश्वका विभिन्न देशमा मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसंघको महासभाले भने सन् २००२ मा यो दिवसको घोषणा गरेको थियो । 

Comments

Popular posts from this blog

महा -लक्ष्मी माताको दर्शन गर्दै हेर्नुहोस् -आजको राशिफल ।

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते .

चुनावी सरगर्मी बढ्यो, सिनेमा हलमा चहलपहल घट्यो....