डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते .



 २९ माघ, डोल्पा । डोल्पामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

त्रिपुरासुन्दरी नगरपालिका-३ जिउ गाउँदेखि त्रिपुराकोट आउँदै गरेको ग१ज ८०९९ नम्बरको बोलेर जिप आज बिहीबार बिहान साढे १० बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा त्रिपुरासुन्दरी-३ जिउ गाउँकै अन्दाजी ४५ वर्षीय धनचन्द्र धरालाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिउ गाउँकै अन्दाजी ३८ वर्षीय सुकलाल गुरूङ, त्रिपुरासुन्दरी-३ सुँ गाउँकी ४५ वर्षीय रमा बोहोरा र चालक घाइते भएका छन् । घाइतेहरु थप उपचारको लागि जिल्ला अस्पताल दुनैमा पठाइएको त्रिपुराकोट प्रहरी चौकीले जानकारी दिएको छ ।

Comments

Popular posts from this blog

महा -लक्ष्मी माताको दर्शन गर्दै हेर्नुहोस् -आजको राशिफल ।

चुनावी सरगर्मी बढ्यो, सिनेमा हलमा चहलपहल घट्यो....