Online Radio

Thursday, February 19, 2026

आज -२०८२ साल फाल्गुण ०८ गते शुक्रवार .माता लक्ष्मीको दर्शन गर्दै हेर्नुहोस आजको राशिफल...




मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वहीन काममा समय बित्न सक्छ समयको मूल्यलाई बुझौं। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। धार्मिक वा आध्यात्मिक पुस्तकको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक वा व्यावसायिक समस्याको समाधान हुनेछ। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग पाइनेछ। समस्या दर्शाउँदा शुभचिन्तकहरुले साथ दिनेछन्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दिनको उत्तरार्धमा स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। कार्यक्षेत्रमा निर्णय लिने क्षमतामा कमी आउनेछ। अरुको लागि बुद्धि वा श्रम खर्च गर्नुपर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। प्रतिक्षित नतिजाको परिणाम हजुरको अनुकूल रहनेछ। शत्रुहरू सक्रिय रहनेछन् सचेत रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लामो समयदेखि रोकिएका कामहरू पूरा हुनेछन्। नोकरी वा पेशामा समयमा कार्यसम्पादन गर्नमा सहयोगीहरूको सहयोग पाइनेछ। खानपिनमा विशेष ख्याल राख्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सेवामूलक कामबाट लाभ मिल्नेछ। महत्त्वपूर्ण कार्यको थालनी हुनेछ। युवा वर्गहरूलाई करियरलाई लिएर चिन्ता रहनेछ। बोली प्रभावशाली रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफूभन्दा ठूलाप्रति आत्मीय भाग जाग्नेछ। व्यापार व्यवसायमा सन्तानको सहयोग प्राप्त हुनेछ। आशावादी भएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धेरै समयदेखी लम्बिएको काम पूरा हुनेछ। नयाँ कामका विभिन्न अवसरहरू प्राप्त हुनेछन्। आफ्नो क्षमताको प्रदर्शन गर्ने अवसर मिल्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनोरञ्जन संगै धार्मिक कार्यमा रुचि बढ्नेछ। बन्धु बान्धवहरूबाट विशेष सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। शुभकर्म गर्नुभन्दा अघि देवी लक्ष्मीको आराधना गरौं। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रिय व्यक्तिहरूसँग भेटघाट हुनेछ। विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने मौका मिल्नेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ६ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायमा लगानी बढाउने परिस्थिति उत्पन्न होला। अवसरको खोजीमा कडा मेहनत गर्नुपर्ला। आफ्नो कुरालाई स्पष्टताको साथमा राख्न सफल भइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यक्तित्वलाई निखार्ने समय रहेको छ। प्रतिस्पर्धामा विजय प्राप्त होला। कार्यक्षेत्रमा दोहोराएर कार्य गर्दा लाभ मिल्नेछ। सानो प्रयासले जीवनशैलीमा ठूलो परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

Tuesday, February 17, 2026

आज र भोली सार्वजनिक बिदा ।



  फागुन ६, काठमाण्डौ – सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले आफ्नो सेवालाई निरन्तरता दिने भएको छ । विभागले सार्वजनिक सूचना निकालेर आज र भोलि सार्वजनिक बिदा भए पनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जनाएको हो ।

आज ग्याल्पो ल्होसार र भोलि प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । दुई दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहने सूचनामा उल्लेख छ । विभागले आज राहदानी वितरण सेवा प्रदान गर्ने जनाएको छ ।

यस्तै भोलि राहदानीका लागि आवेदन फारम सङ्कलन हुनेछ । अत्यावश्यक सेवा भएकाले सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला रहने विभागले जनाएको छ ।   

महा -लक्ष्मी माताको दर्शन गर्दै हेर्नुहोस् -आजको राशिफल ।

 


२०८२ फागुन ६ गते (१८ फेब्रुअरी २०२६) बुधवार, फाल्गुण शुक्लपक्ष प्रतिपदा तिथि, १७ः३० बजेपछि द्वितीया। शतभिषा नक्षत्र। चन्द्रराशि कुम्भ। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष - Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

 आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। नयाँ अवसरबाट लाभ उठाउन सकिनेछ।

Monday, February 16, 2026

अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

 

  फागुन ५, unn.prixa.net


काठमाण्डौ – अर्घाखाँचीको मालारानी गाउँपालिकामा पासोमा परी घाइते भएको चितुवा मरेको छ । मालारानी–३ टुनीपोखरीमा स्थानीयबासिन्दाले वन्यजन्तुलाई थापेको पासोमा परेर चितुवा घाइते भएको थियो ।

घाइते चितुवालाई उद्धार गरी उपचारका लागि अर्घाखाँची जिल्ला वन कार्यालयमा लगिएको थियो । उपचारका क्रममा हिजो चितुवा मरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले जानकारी दिनुभयो ।

चितुवाको उद्धार गर्ने क्रममा वन कार्यालयका कर्मचारी नमलाल श्रेष्ठ घाइते हुनुभएको छ । उहाँको उपचार भइरहेको छ ।

दुर्गा प्रसाईं फेरि पक्राउ

 


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ ।


राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई उनको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए ।

-रातोपाटी

Sunday, February 15, 2026

चुनावी सरगर्मी बढ्यो, सिनेमा हलमा चहलपहल घट्यो....

 



चुनावका कारण फागुनको सुरूवाटै फिल्म रिलिज प्रभावित बनेको छ । निर्वाचन मिति तोक्नु अगाडि फागुन १ गते ५ फिल्मले प्रदर्शन मिति तोकेका थिए । तर निर्वाचन घोषणा भएपछि ‘कल्ली’ र ‘लालीबजार’ पछि हटे । बाँकी रहेका तीन फिल्म ‘बिगुल’, ‘श्री बुकुरो’ र ‘शिवांश’ मात्र रिलिज भए । ‘लालीबजार’ सरेर वैशाख २८ मा पुगेको छ भने ‘कल्ली’ले नयाँ मिति तय गर्न बाँकी छ । प्रदर्शनमा आएका फिल्मले पनि सोचेजस्तो दर्शक पाउन सकेका छैनन् ।

हुन त राजनीति र फिल्म दुवै मानिसको मनोविज्ञानलाई प्रभाव पार्ने विषय हुन् । जब–जब राजनीति मैदानमा उत्रिन्छ, तब मनोरञ्जनको क्षेत्र ओझेलमा पर्ने गर्छ । त्यसैले पनि फागुन १ पछि रिलिज फिल्मको भिड छैन । अहिलेसम्मको रिलिज क्यालेन्डर हेर्दा फागुन ८ गते खाली देखिएको छ भने १५ मा एक ‘प्रवासी जीवन’ मात्र छ । फागुन २१ मा निर्वाचन मिति भएकाले फागुन २२ मा कुनै फिल्म छैन । फागुनको अन्तिम साता अर्थात् २९ गते भने एक फिल्म ‘लालिमा’ प्रदर्शनमा आउने तयारीमा छ । निर्वाचन भएपनि मतगणना सकिएन भने ‘लालिमा’को प्रदर्शन पनि प्रभावित हुनसक्छ ।

फिल्म वितरक करण श्रेष्ठ अहिलेको अवस्था पर्ख र हेरको रहेको बताउँछन् । ‘यो फागुन महिना नेपाली फिल्म उद्योगका लागि निकै उत्साहजनक हुनुपर्ने थियो, तर २१ गतेको निर्वाचनले माहोल फरक बनाइदियो’, श्रेष्ठ भन्छन्, ‘हामी वितरक र लगानीकर्ताहरूका लागि निर्वाचनको यो समय अन्योलपूर्ण छ । निर्वाचनका बेला दर्शकको प्राथमिकता के हुन्छ र सुरक्षाको अवस्था कस्तो रहन्छ भन्ने कुराले हामीलाई पिरोल्छ ।’
समयानुकूल नदेखेर यसपटक फागुनका फिल्महरूलाई आफूहरुले पछि पारेको उनी बताउँछन् । ‘कतिपयलाई फिल्मको अभावले यस्तो भएको हो कि भन्ने लाग्न सक्छ’, श्रेष्ठ भन्छन्, ‘हामीसँग फिल्मको कुनै कमी छैन । यदि अबको दुई वर्षसम्म कुनै पनि नयाँ फिल्म छायाङ्कन नगर्ने हो भने पनि प्रदर्शनका लागि पर्याप्त फिल्महरू स्टकमा छन् ।’ चुनावको रापतापमा फिल्म रिलिज गर्नु भनेको लगानीको जोखिम मोल्नु भएको उनी बताउँछन् ।
‘व्यापार मात्र सबैथोक होइन । हामी चलचित्रकर्मी हुनुभन्दा पहिले यो देशको जिम्मेवार नागरिक पनि हौँ । देशमा निर्वाचन हुनु भनेको लोकतन्त्रको सुदृढीकरण हो,’ श्रेष्ठ भन्छन्, ‘यदि यो निर्वाचनले देशको हित गर्छ भने हाम्रो व्यावसायिक योजनामा केही सम्झौता हुनुलाई हामीले सकारात्मक रूपमै लिएका छौँ ।’
निर्वाचनका बेला आम मानिसको ध्यान राजनीतिक समाचार, उम्मेदवार र भोटतिर मोडिएको हुन्छ । यस्तो अवस्थामा फिल्मको प्रचारप्रसार ओझेलमा पर्ने र दर्शकको प्राथमिकतामा फिल्म नपर्ने डर निर्माताहरूलाई रहन्छ । फिल्म बनाउनु एउटा पाटो हो, तर सही समयमा प्रदर्शन नगरे लगानी बालुवामा पानी जस्तै हुन्छ ।

फागुनमा रिलिजमा देखिएको असरलाई लिएर अभिनेता तथा चलचित्र निर्माता संघका महासचिव खगेन्द्र लामिछाने पनि चिन्तित छन् । उनी फागुनमा फिल्म नहुनुको मुख्य कारण निर्वाचनकै डर भएको बताउँछन् ।

‘विगतका वर्षहरूमा फागुन फिल्म रिलिजका लागि निकै व्यस्त महिना हुने गर्थ्यो, तर यसपालि ९ र १५ गतेका एक पनि फिल्म छैन’, लामिछाने भन्छन्, ‘यो सबै निर्वाचनकै प्रभाव हो । मेकरहरूमा निर्वाचनको माहोलका कारण दर्शकहरू हलसम्म आउँदैनन् कि भन्ने एउटा आकलन छ, जसले गर्दा उनीहरूले यो समयमा रिस्क लिन चाहेनन् ।’ उनी अहिले चलिरहेका फिल्महरूको व्यापार उत्साहजनक नहुनुको कारण पनि नजिकिँदो निर्वाचन भएको उनको बुझाइ छ ।

  • के होला यी फिल्म ?

निर्वाचन नजिकिँदै गर्दा फिल्म हलहरूमा दर्शकको कमी अहिलेदेखि नै देखिन थालेको छ । चुनावी चटारोका कारण फिल्म क्षेत्र सुस्ताउँदा आगामी फागुन १५ र २९ गते प्रदर्शनको तयारीमा रहेका दुई फिल्म ‘प्रवासी जीवन’ र ‘लालिमा’ तोकिएकै मितिमा आउँछन् वा सर्छन् अन्योल छ । फागुन १५ गते निर्वाचन प्रचारप्रसारको पिक समय हो भने २९ गतेसम्म मतगणनाको परिणाम आउने क्रम नसकिन पनि सक्छ । यस्तो राजनीतिक सरगर्मीका बिच फिल्म रिलिज गर्नु निर्माताका लागि ठुलो जोखिम हुनसक्छ ।

‘प्रवासी जीवन’ अभिनेता राजेश हमालको मुख्य भूमिका रहेको फिल्म हो । फागुन १५ गतेदेखि देशव्यापी प्रदर्शन हुने भनिएको यस फिल्मले अमेरिकामा बसोबास गर्ने नेपालीहरूको संघर्ष र सफलताको कथा प्रस्तुत गर्छ । श्याम क्षेत्री र राम अधिकारीको संयुक्त निर्देशन रहेको फिल्ममा हमालका साथै सरिता लामिछाने, बुद्धि तामाङ, महादेव अधिकारी, एञ्जेला बस्नेत लगायतको अभिनय छ ।

यस्तै, फागुन २९ गतेका लागि प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’ तीन हजार यौनकर्मीको वास्तविक अनुभव र भोगाइमा आधारित भएर निर्माण गरिएको छ । रोशन मिराजको निर्देशन रहेको फिल्ममा रोशनी कार्की, शिशिर बाङ्देल, जीवन भट्टराई, उषा रजक र सुष्मा निरौलाको मुख्य भूमिका छ ।

Saturday, February 14, 2026

आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिँदै.....

unn.prixa.net

तस्वीर : एआईबाट

काठमाण्डौ – प्रतिनिधिसभा सदस्य चुनावका लागि आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम शुरु हुँदैछ । निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको र त्यसैअनुसार कार्यक्रम अगाडि बढाउन लागिएको निर्वाचन आयोगले जनाएको छ ।

आजदेखि शुरु भइ यही फागुन १७ गतेसम्म देशभरका ७ सय ५३ वटै पालिकाका ६ हजार ७ सय ४३ वडामा मतदाता शिक्षा सञ्चालन हुनेछ । आयोगका अनुसार यो अवधिमा मतदातालाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने मुख्य उद्देश्य छ । त्यसका लागि एक/एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन हुँदैछन् ।

खटिएका स्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट चुनावको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउनेछन् । प्रभावकारी मतदाता शिक्षाले मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोगको विश्वास छ ।

आयोगले आवश्यक सहयोग, समन्वय र सहजीकरणका लागि सातै प्रदेश सरकार, सबै पालिका, प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार क्षेत्रलगायत सम्पूर्ण सरोकारवालालाई आग्रह समेत गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।   

आज-प्रणय दिवस(भ्यालेन्टाइन डे ।)...

 



माया पनि बर्खाको पानीको थोपा जस्तै हुन्छ,

कहिले रिमझिमे, कहिले बेगिलो, तर असर चाहिँ छोडेरै जान्छ।

भारतीय कवि तथा गीतकार गुलजारका यी शब्दहरू साझा गर्दै आजको प्रणय दिवस विशेष सन्दर्भलाई सुरु गर्दै छु । मायालाई व्याख्या गर्ने अनेक तरिकाहरू हुन सक्छ, अनुभव गर्ने अनेक अभ्यासहरू हुन सक्दछ तर चाहे जे होस्, जस्तो होस्, माया त मायै हो ।

तिम्रो मनमा लुकेको कुरा

नबोले पनि

भुली दिने लाई

बिर्सी दिने लाई

माया त मायै हो

लौ है! तपाईँले माया गर्नुभएको या तपाईँलाई माया गर्ने अनि एक अर्कासित माया छँदाछँदै पनि जोडिन नसकेका जीवनका धागाहरू लगायत सबैलाई यादहरूलाई लाखौँ गुलाबका फूलहरू, माया त माया नै हो, कि कसो ?

त्यो पहिलो प्रेम, स्कुलमा लुकाएर दिएको प्रेम पत्र, घण्टौँ घोरिएर शब्द रोजी रोजी पठाएका SMS हरू, राती राती लुकेर गरेको च्याट, रिप्लाई कुर्दै अनिदो बसेका रातहरू, पहिलो भेट, जुधेका आँखाहरू अनि सङ्गै भएका बेला निस्किएका थुप्रै निःशब्द प्रेमाभाषका पलहरू... मन परेको केटा या केटी सङ्गै हुँदा या बोल्दा महसुस हुने काउकुती अनि अनेक भावनाको रमणीय संसारतर्फ लाने त्यो संसार । मायाका कथाहरू याद गर्दै मायाका नयाँ आयामहरूको सुरुवात गर्ने विशेष दिन हो आज, भ्यालेन्टाइन डे ।

किन होला हिजो आज बरालिन्छ, मन यो

जति बाँधी राखूँ भन्छु उति उड्छ मन यो

छाया एउटा सधैँ डुल्छ, जहाँ जहाँ म डुले

फूल भुल्यो भवरामा, कुन्नि के मा म भुले ??


यो फूल र प्रीतको गीतले आजको दिनको मादकता अनि रसिकता बयान गर्दछ । डाली डाली फूलेको फूल अनि भमरा सहित पिरतीमा परेको प्रेमी या प्रेमीकाको मनोभावना चित्रण गरिएको यो गीतबाट सुरु गर्‍यौँ आजको विशेष शब्दहरू ।


मायामा अडेको यो संसार, अब मायाको सरल विश्लेषण अनि परिभाषा गर्ने दुस्साहस त हामी पक्कै गर्ने छैनौँ तर यति अवश्य भन्दछौ कि यो संसारका हरेक मनहरूमा मायाको गुरुत्वाकर्षण भरिएको छ जसले हरेक हृदय अनि आँखालाई तानिरहेकै हुन्छ ।

आज मायाका भावनाहरू साटासाट गर्ने दिन

आज लुकीचोरी धेरै जनाले आफ्ना मायाका भावनाहरू साटासाट गर्नेछन्, धेरै प्रेमकथाहरू सफल भएर जीवनको गोरेटोमा सहयात्राका कथाहरू लेखिएलान् भने कति त्यस्ता प्रेमकथाहरूमा ब्रेक पनि लाग्लान् तर यसको अर्थ संसार सक्किएको होइन, तपाईँलाई माया गर्ने पात्रको खडेरी परेको हैन, शायद! तपाईँलाई धेरै माया अर्कै पात्र अन्त कतै छ.. कुरी बसेको छ ।

संसारका चर्चित प्रेमकथाहरू धेरै जसो संयोगान्त कि वियोगान्त ?

एउटा अचम्मको तथ्य के छ भने, 'संसारमा स्वर्ण अक्षरले कुदिएका प्रेमकथाहरू संयोगान्त भन्दा वियोगान्त छन् ।' अर्थात् माया सहज छैन, उदाहरणकालागि भगवान् श्री कृष्ण अनि राधाबिच समेत विवाह भएको थिएन, मुना-मदन, हिर र रान्झादेखि रोमियो अनि जुलियट सम्मले समेत संयोगान्त कथा कोर्न सकेनन् तर यी प्रेमी जोडिलाई आज पनि संसारले आदर र महत्वकासाथ प्रेमील मनमा अमर राखेका छन् केवल चोखो मायाका कारण, चोखो पिरतीका कारण...

मनै त हो

मनै त हो, स्विकारिए पनि या अस्वीकार भए पनि आत्तिने अनि मात्तिने नगरौँ । आफूले एकोहोरो चाहँदैमा त्यो माया प्राप्त हुनपर्छ भन्ने जरुरी छैन, मूल कुरो हो एक अर्काबिच अचानक जुट्न पुग्ने मनको तार, जुन जब बज्छ थाल्छ तब सबै प्रेमील सङ्गीत अपूरा लाग्न थाल्छन्, दिनभरिका कुराहरू अधूरा लाग्न थाल्छन् । प्रेम सम्मान हो, विश्वास हो अनि अहिलेसम्म यो पृथ्वी बाँच्नुको कारण हो ।

इटलीका सम्राट् क्लाउडिअस २ ले नागरिक विवाहमा प्रतिबन्ध लगाउँदा उनको यो कदमको विरोधमा उत्रिएर माया अनि विवाहको पक्षधरका रूपमा उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा आज संसारभरि प्रेम दिवस मनाइन्छ । करोडौँको सङ्ख्यामा भ्यालेन्टाइन डे कार्डहरू, चकलेटहरू, फूलहरू अनि विभिन्न उपहारहरूको आदान-प्रदान गरी यो मायालु दिनको उत्सव मनाईदैछ ।

सम्राट् क्लाउडिअस २ ले भ्यालेन्टाइनलाई बन्दी गृहमा बन्दी बनाएर राखेको समयमा बन्द गृहको एक सिपाहीकी छोरीसँग यिनको प्रेम रहन गएको र मृत्यु अगाडी उनले आफ्नी प्रेमीकाका लागि लेखेको चिठ्ठीमा तिम्रो प्यारो भ्यालेन्टाइनका तर्फबाट भनी आफूलाई प्रेषकका रुपमा गरिएको एउटा सम्बोधन.... त्यही सम्बोधन आजसम्म पनि मानव समुदाय अनि प्रेमीहरूले हृदयनिकट व्यक्तिलाई आफ्ना भ्यालेन्टाईनका रुपमा सम्झिने गर्दछन् ।

मायाका नाममा कुनै र्दुब्यबहार नगरौँ, मायाको सम्मान गरौँ अनि मायाको पहिचान बनाऔँ । बलजफ्ति प्राप्तिको लालसा माया कदापि हुनै सक्दैन, त्यो अपराध हो, अपमान हो । मायालाई सङ्कुचित र फगत सीमित आकर्षणको घेराभन्दा पर पलभरमा संसारै फरक पार्न सक्ने आँखाले हेर्न आवश्यक छ । आकर्षण त फेरी सकिएला तर अचानक एकले अर्कोप्रति समर्पण गरेको अनुभूति जूगाैजूग अमर भई बाँच्नेछ ।

प्रेमलाई केवल प्रेमी प्रेमिकासँग मात्र के जोड्नु, संसारै मायामै अड्केको छ । यहाँका सबै प्राणीहरूबिचमा मायाको शीतल आँचल लहराई रहोस्, माया नै धर्म हो, शक्ति हो अनि शान्ति पनि । माया र आफ्नू मायालुप्रति बफादार बनौँ पनि । माया गरेको मान्छेसँग टाढा हुनुहुन्छ भने एकफेर बात मारेर बत्ताइदिनुहोस्, कति माया गर्नुहुन्छ भनेर ? भेट्न सम्भव छ भने भेटिदिनुहोस्, एक कप चिया मात्रै खाए पनि हज्जारौं वर्षलाई पुग्ने गरी माया मुटुभरि भर्नुहोला ।

किनकि

सत्य के हो भनेँ मायालाई भौतिक प्राप्तिले जोख्न सकिँदैन र हुँदैन ।

हरेक प्रेमीले न त प्रेमीकाका लागि ताज महल बनाउन सक्छ न त त्यो बनाउन जरुरी नै छ । यहाँ हरेक प्रेम, प्रेमी अनि प्रेमीका विशेष छन् ।

माया बढोस्, शुभकामना ।

Friday, February 13, 2026

बालेनको चुनावी दौड ..आज रुपन्देही, कपिलवस्तु र नवलपरासीमा .

 



  • बालेन शाहले आज रुपन्देही, कपिलवस्तु र नवलपरासीमा चुनावी तथा जनसम्पर्क कार्यक्रम गर्दैछन्।
  • पार्टीले सार्वजनिक गरेको कार्यतालिका अनुसार विभिन्न स्थानमा कार्यकर्ता र स्थानीयसँग भेटघाट हुनेछ।
  • कार्यक्रममा मतदातासँग भेटघाट, घण्टी अभिवादन तथा चुनावी अभियानबारे छलफल हुनेछ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आज तीन जिल्लामा चुनावी तथा जनसम्पर्क कार्यक्रम गर्ने भएका छन्।




पार्टीद्वारा सार्वजनिक कार्यतालिका अनुसार उनले रुपन्देही, कपिलवस्तु र नवलपरासीमा विभिन्न स्थानमा पुगेर कार्यकर्ता तथा स्थानीयसँग भेटघाट गर्नेछन्।

रुपन्देही क्षेत्र नम्बर ४ अन्तर्गत मार्चवारी मन्दिर र लुम्बिनी पर्साचोकमा दिउँसो १:०० बजे कार्यक्रम तय गरिएको छ। क्षेत्र नम्बर ५ मा १:२० बजे, क्षेत्र नम्बर ३ मा ३:५० बजे र क्षेत्र नम्बर १ मा ४:०५ बजे जनसम्पर्क कार्यक्रम राखिएको छ।


कपिलवस्तुमा क्षेत्र नम्बर १ अन्तर्गत तौलिहवामा १:४० बजे, क्षेत्र नम्बर ३ को बहादुरजंगमा २:०० बजे तथा क्षेत्र नम्बर २ मा २:२०, २:५० र ३:१० बजे क्रमशः कार्यक्रम रहने जनाइएको छ। भैरहवा र धकधई क्षेत्रमा पनि भेटघाट कार्यक्रम तय गरिएको छ।


त्यसैगरी नवलपरासीमा क्षेत्र नम्बर २ मा ४:२० बजे, क्षेत्र नम्बर १ मा ४:३० बजे, चन्द्रौटा र गोरुसिङ्गे क्षेत्रमा पनि कार्यक्रम रहने छ। परासी चोक, बलासपुर र गोपीगंजमा क्रमशः ५:०० र ५:१५ बजे जनसम्पर्क कार्यक्रम तय गरिएको छ।


पार्टीका अनुसार कार्यक्रममा स्थानीय मतदातासँग भेटघाट, घण्टी अभिवादन तथा चुनावी अभियानसम्बन्धी छलफल गरिनेछ। यसअघि शुक्रबार उनले नुवाकोट, धादिङ र गोरखामा चुनावी कार्यक्रम गरेका थिए । त्यसपछि पोखरा पुगेका उनी रुपन्देही पुगेर आजको कार्यक्रम गर्न लागेको बताइएको छ । 

आज -२०८२ साल फाल्गुण ०८ गते शुक्रवार .माता लक्ष्मीको दर्शन गर्दै हेर्नुहोस आजको राशिफल...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वहीन काममा समय बित्न सक्छ समयको मूल्यलाई बुझौं। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं ...