Online Radio

Saturday, February 14, 2026

आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिँदै.....

unn.prixa.net

तस्वीर : एआईबाट

काठमाण्डौ – प्रतिनिधिसभा सदस्य चुनावका लागि आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम शुरु हुँदैछ । निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको र त्यसैअनुसार कार्यक्रम अगाडि बढाउन लागिएको निर्वाचन आयोगले जनाएको छ ।

आजदेखि शुरु भइ यही फागुन १७ गतेसम्म देशभरका ७ सय ५३ वटै पालिकाका ६ हजार ७ सय ४३ वडामा मतदाता शिक्षा सञ्चालन हुनेछ । आयोगका अनुसार यो अवधिमा मतदातालाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने मुख्य उद्देश्य छ । त्यसका लागि एक/एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन हुँदैछन् ।

खटिएका स्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट चुनावको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउनेछन् । प्रभावकारी मतदाता शिक्षाले मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोगको विश्वास छ ।

आयोगले आवश्यक सहयोग, समन्वय र सहजीकरणका लागि सातै प्रदेश सरकार, सबै पालिका, प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार क्षेत्रलगायत सम्पूर्ण सरोकारवालालाई आग्रह समेत गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।   

No comments:

Post a Comment

आज -२०८२ साल फाल्गुण ०८ गते शुक्रवार .माता लक्ष्मीको दर्शन गर्दै हेर्नुहोस आजको राशिफल...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वहीन काममा समय बित्न सक्छ समयको मूल्यलाई बुझौं। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं ...